भूकम्पपीडितको सहयोगार्थ टेको सन्ध्या

चैत १९, काठमाडौं– कला र गला भए पनि पछाडि पर्दैैै आएका कलाकारलाई अगाडि ल्याउने र समाजमा विद्यमान विकृतिहरुलाई नाटक र गीत संगीतमार्पmत उजागर गर्ने उद्येश्यले स्थापित नेपाली कला संगमले गीतकार, संगीतकार तथा गायक बिबी अनुरागीलाई एकल साँझमा उतारेको छ ।
नेपाली कला संगमले निर्भाना कला केन्द्रको सहकार्यमा भूकम्पबाट क्षतीग्रस्त धादिङको चण्डीदेवी माध्यमिक विद्यालय र सिन्धुपालचोकको जनता माध्यमिक विद्यालयको पुनः निर्माण तथा बृद्धाआश्रममा आश्रित बृद्धबृद्धाको सहयोगार्थ संगीतकार अनुरागीलाई पहिलोपटक राजधानीमा एक साँझमा उतारेकोसंगमका सल्लाहकार तथा कार्यक्रम संयोजक सुदर्शन महर्जनले जानकारी गराए ।
टेको सन्ध्या नाम दिइएको सांगितीक कार्यक्रममा अनुरागीसहित  गायक स्वरुपराज आचार्य, शिशीर योगी, रामचन्द्र काप्mले, शर्मिला गुरुङ, आरके गुरुङ, सुनिता गुरुङ, जीवन परियार, मुना थापा मगर, जुनु रिजाल, चन्दा विश्वकर्मा, मिलन अमात्ये, स्वरुपा रसाइलीलगायतले गीत गाएका थिए ।