एक गाग्रो पानीको ५० रुपैयाँ

चैत १९, सिन्धुली –   भुवनेश्वरी ७ का पूर्णबहादुर कामी ठकुरी ७० वर्षका भए । उनकी श्रीमती ६५ वर्षकी भइन् । उनीहरु दुवै जना पानी बोक्न सक्दैनन् । तर खानैपर्छ ।

एक गाग्री पानीको ५० रुपैयाँ दिएर ल्याउन लगाउँछु ।’ ठकुरीले भने, ‘पानी नहुँदा सरसफाइदेखि हरेका कुरामा समस्या छ । यो उदाहारण मात्र हो ।

भूकम्प र खडेरीले खानेपानीको मूहान सुकेपछि सिन्धुलीका दर्जनभन्दा बढी गाविसका बासिन्दाले सास्ती पाएका छन् । भुवनेश्वरी ७ का बासिन्दालाई पानी ल्याउन २ घण्टा समय लाग्छ ।

घरमा काम गर्नेमान्छे नहुनेले पैसा तिरेर अरुलाई पानी ल्याउन लगाएर खाइरहेका छन् ।(आजको कारोबार दैनिकबाट)