सशस्त्र प्रहरीमा इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन २० वर्ष लाग्ने

चैत १९, काठमाडौं–  सशस्त्र प्रहरी बलमा खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएको प्रहरी निरीक्षक इन्स्पेक्टरको पहिलो ब्याच आधारभुत तालिम पुरा गर्ने बित्तीकै डिएसपीमा बढुवा भएको थियो  ।

१४ वर्षको अवधिमा त्यही संगठनमा इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन २० वर्ष लाग्ने अवस्था आएको  छ । कर्मचारीको बृत्ति विकास योजना नहुँदा सशस्त्र प्रहरीमा कर्मचारीको करिअर चौपट भएको हो ।

अहिले खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएको १२ वर्ष बित्दापनि इन्स्पेक्टरहरु डिएसपीमा बढुवा हुन सकेका छैनन् । संठगनमै अहिले कै अबस्था रहिरहने हो भने अबको केही वर्षपछि इन्स्पेक्टरबाट डिएसपी हुन २० वर्ष लाग्ने अवस्था रहेको सशस्त्र प्रहरी अधिकारीहरु बताउँछन् । जसका कारण संगठनमा व्यापक निराशा छाएको छ ।(नयाँ पत्रिका दैनिकबाट)