प्रतिव्यक्ती आय २५ सय डलर

चैत १९, काठमाडौं – नेपालले सन् २०२० भित्र भौतिक आर्थिक र सामाजिक विकासका क्षेत्रमा कायपलट गर्ने लक्ष्य राख्दै १५ वर्षे दिगो विकास लक्ष्यको राष्ट्रिय प्रतिवेदन सार्वजनिक गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। युवराज खतिवडाले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी एसडीजी प्रतिवेदन सार्वजनिक गरेका हुन्।

विभिन्न १७ लक्ष्य र १५९ वटा उदेश्य कायम गरिएको प्रतिवेदनलाई खतिवडाले अधिकारमा आधारित विकास रणनीति भएको दाबी गरे । प्रतिवेदनमा आयोगले हरेक पाँच वर्षका लागि क्षेत्रगत लक्ष्य तय गरेको छ ।
नीतिगत सहजीकरण र संस्थागत क्षता अभिवृद्धिमार्फत यो लक्ष्य हासिल गरिने प्रतिवेदनमा उल्लेख छ ।

एसडीजीको प्रभावकारी कार्यान्वयन भए नेपालललाई सन् २०२२ सम्म अधिकतम विकसितबाट विकासशीलमा स्तरोन्नति हुने अवसर मिल्नेछ भने विकासका सूचकका उल्लेख्य सुधार हुनेछ । प्रतिव्यक्ती आय २५ सय डलर पुराउनेसमेत सरकारी लक्ष्य छ ।( कारोबार दैनिकबाट)