प्रधानमन्त्रीले किन बोलाए आकस्मिक रुपमा संयुक्त बैठक ?

चैत १८ काठमाडौं–प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीका मन्त्री, केन्द्रीय सदस्य र सांसदहरूको संयुक्त बैठक बोलाएका छन् ।

दिउँसो दुई बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बस्ने संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणका साथै मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा जानकारी गराउने उनको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले चीन र भारत भ्रमणमा आफूले गरेको सहमति तथा सम्झौता एवम् भ्रमणका विषयमा जानकारी गराउनेछन् ।

बैठकमा सरकारको ल्याउने तयारी गरेको बजेटका विषयमा पनि छलफल हुनेछ ।

यसैबीच, आजै बेलुका मन्त्रिपरिषद्को बैठक पनि बस्दैछ । बैठकमा मन्त्रालयका नियमित एजेन्डामा छलफल हुनेछ ।