उपचारपछि फर्किए अम्बर गुरुङ

चैत १८ काठमाडौं– भारतमा लामो समय उपचारपछि स्वास्थ्यमा सुधार आएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ स्वदेश फर्किएका छन्।

जीवनका ७८ औँ वसन्त पार गरिसकेका राष्ट्रियगानका सङ्गीतकारसमेत रहेका गुरुङ दिल्लीस्थित मेदान्त अस्पतालमा सफल उपचारपछि स्वदेश आज दिउँसो स्वदेश फर्किएका हुन्।

छोरा राजु गुरुङको साथमा आएका उनलाई लिन विमानस्थलमा विभिन्न कला तथा सङ्गीतकर्मीको उपस्थिति थियो।

मेदान्तको उपचारपछि उनको स्वास्थ्य सामान्य स्थितिमा आएको सङ्गीतकर्मी रतन चन्दले जानकारी दिए। स्वदेश फर्किएलगत्तै गुरुङको सम्मानमा विमानस्थलमै उनले नै सङ्गीत गरेको राष्ट्रियगान बजाइएको थियो ।

सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङ लामो समयदेखि मधुमेह र पार्किन्सनलगायतका रोगबाट पीडित छन्।