वीरगंजमा सुरु भयो राप्रपा नेपालको केन्द्रीय समितिको बैठक

चैत १८,वीरगंज– राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आजबाट वीरगंजमा सुरु भएको छ।

बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने  सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। थापाको राजनीतिक कार्यपत्रमा भारत र चीन भ्रमणको समिक्षा, पार्टी भित्रको आन्तरिक कलह र मुलुकको पछिल्लो राजनैतिक अवस्था लगायतका विषय समेटिएका छन्।

नेता केशरबहादुर विष्टले पार्टीभित्र जनाएको असन्तुष्टिका विषयमा पनि छलफल हुनेछ। पछिल्लो समय विष्ट थापादेखि असन्तुष्ट छन्।  विष्टले पार्टी सरकारबाट बाहिरिनुपर्ने बताउँदै आएका छन्।