‘मुआब्जा होइन, भारतमा परेको हाम्रै जग्गा फिर्ता चाहिन्छ’

चैत १८, वीरगंज– नेपाल(भारत सीमा क्षेत्रमा नयाँ सीमास्तम्भ गाड्ने क्रममा आफ्नो खेत भारततर्फ परेपछि पर्सा पिडारीगुठी २ का ७० वर्षीय चोकट राउत कुर्मीको भोकनिद्रा हराएको छ।

‘जहिलेदखि नेपालको जग्गा मिचेर पिलर गाडियो, त्यही दिनदेखि मेरो भोकनिद्रा गायब भएको छ। राति छातीमा लालपूर्जा टाँसेर पल्टन्छु, निद्रा लाग्दैन। सीमास्तम्भ खेतमा होइन, मुटुमा गाडेजस्तो भएको छ, बृद्धले आँसु झार्दै भने,‘लालपूर्जा भएको मेरो पुस्तैनी जग्गा सरकारले खोसेर भारतलाई बुझायो। त्यो जग्गा भारतको थियो भने सरकारले हामीलाई लालपुर्जा किन दियोरु’

नेपाल र भारतका नापी विभागका उच्च अधिकारी सम्मिलित टोलीले सीमा क्षेत्रका जीर्ण स्तम्भको मर्मतसम्भार र हराएका स्थानमा नयाँ स्तम्भ गाड्ने क्रममा पिडारीगुठी गाविसका चोकटसहित १९ नेपालीको लालपुर्ना भएकै १० विघा आठ कट्ठा १५ धुर जग्गा भारततर्फ परेको छ।

पिलर गाड्दा नेपाली भूभाग भारतर्फ परेपछि विवादित जग्गाको स्थलगत अनुगमन गरेका पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको टोलीले पीडित जग्गाधनीलाई मुआब्जा दिने आश्वासन दिएको छ। पीडित जग्गाधनीले भने मुआब्जा नभई मिचिएको जग्गा नै फिर्ता पाउनु पर्ने माग राखेका छन्। (अन्नपूर्ण पोस्ट दैनिकबाट)