अन्तरजातीय विवाह गरेर श्रीमान् भागेपछि महिलाको बिचल्ली

चैत १८, काठमाडौं–अन्तरजातीय प्रेम विवाह गरेको चार महिनापछि श्रीमान् फरार भएपछि धनुषामा एक दलित युवतीको विचल्ली भएको छ।

नौ सय विघा गाविस(६ बस्ने २१ वर्षीय मन्जिरा  दाससँग अन्तरजातीय प्रेम विवाह गरेका श्रीमानले गर्भ बोकाएर फरार भएपछि बिचल्ली भएको हो। उनी न्याय पाउन पाँच महिने छोरो काखी च्यापेर प्रहरी प्रशासनमा पुगेकी छिन्।

दलित परिवारकी मन्जिरा आफ्नै गाउँका सम्बृद्ध परिवारका रामदयाल यादवका २३ वर्षका छोरा विपीन यादवसँग प्रेममा परिन्। विपीन उच्च जातका केटा भएकाले गाउँ समाज एवं घरपरिवारमा दलित जातकी केटीसँग विवाह गर्दा स्वीकार गर्ने अवस्था थिएन। यो अवस्था नभएपछि उनीहरुले २०७१ जेठ २२ गते सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरेको मन्जिराले बताइन्।

बिहेपछि समाजको डरले गाउँ नफर्केर आफूहरु विराटनगरमा डेरा लिएर बस्न थालेको उनको भनाइ छ।

मन्जिराले भनिन्,ुत्यतिबेला विपीनको घरपरिवारबाट कहिले काँही फोन आउँदा तल्लो जातकी केटीसँग बिहे गरेर भागिस्, तिमी खुरूक्क त्यो केटीलार्इ छोडेर आउ भन्दै बोलाउने गर्थें। विवाह भएको चार महिनापश्चात मन्जिरा गर्भवती भइन्।

बच्चा भएपछि घरपरिवारले स्वीकार गर्ला भनेर आस पलाएकी मन्जिरालार्इ केही दिनमै एकाएक विपीन डेरा छोडेर फरार भएपछि उनलार्इ थप समस्या भएको हो। (अन्नपूर्ण पोस्ट दैनिकबाट)