ओली–नेपालबीच चर्काचर्की, विवादपछि अनिश्चितकालका लागि बैठक स्थगित

चैत १८, काठमाडौं–केन्द्रीय विभाग गठनका विषयमा एमाले स्थायी समिति बैठकमा संस्थापन र माधव नेपाल समूहबीच चर्काचर्की भएको छ।

अध्यक्ष केपी ओलीले बहुमतबाट विभाग गठनको विवाद टुंगो लगाउन खोजेका थिए, नेता नेपालले प्रतिवाद गरे। ओली–नेपाल चर्काचर्कीपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

यसरी सुरु भयो विवाद

मंगलबारको बैठकमा विभागको गठनको एजेन्डा आउनासाथ नेपालपक्षीय नेताहरूले नियमावलीअनुसार सचिवालयबाट नटुंगिएको भन्दै आपत्ति जनाएका थिए। अध्यक्ष ओलीले सचिवालयमा अन्तिम गृहकार्य गरेर बुधबार बैठकमा ल्याउन निर्देशन दिएका थिए। प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार बेलुका ५ बजे बसेको बैठकमा महासचिव ईश्वर पोखरेलले विभागको प्रस्ताव पेस गरे। तर, पूर्वसहमतिअनुसार नभएको भन्दै नेपालपक्षीय नेताहरूले विरोध गरेपछि विवाद सुरु भयो।

कसैले भन्दैमा हुँदैन, बहुमतबाट निर्णय हुन्छस् ओली

महासचिवले प्रस्ताव गरेका १८ विभागमध्ये एउटा विभागमा मात्रै लामो बहस र छलफल गरेर लफडा गर्ने रु विभाग नै बन्न नदिएर बन्दी बनाउनेरु सचिवालयका तर्फबाट महासचिवको जे प्रस्ताव आएको छ, त्यही मान्नुपर्छ, कसैले भनेर हुन्छरु अब बहुमतबाट निर्णय हुन्छ।

‘नोट अफ डिसेन्ट’ लेख्छु, कार्यकर्तामा जान्छु स् नेपाल

पार्टीभित्र गुटबन्दी गर्ने, फाउन्डेसनका नाममा अलग भेला गर्ने, भोजभतेर गर्ने, यस्ता कुराले पार्टीलाई कहाँ पुर्‍याउँछरु मन्त्रीहरू एकलौटी बनाउने, राजनीतिक नियुक्ति, कार्यविभाजन एकलौटी गर्ने, अहिले आएर विभागहरूमा पनि एकलौटी गर्नेरु तपाईंले पार्टीमा सन्तुलन मिलाउँछु भनेको यही होरु यो मान्य छैन। यदि बहुमतबाट निर्णय हुन्छ भने ‘नोट अफ डिसेन्ट’ लेख्छु। एकलौटी भयो, गुटबन्दी भयो, पार्टी एकपक्षीय ढंगले चलाउन खोजियो, यसरी चल्दैन, पार्टीलाई मिलाएर लैजानुपर्ने कुरा देशभरिका नेता–कार्यकर्ताका बीचमा लैजान्छु।

मिलाएर जाँदा राम्रो हुन्छस् खनाल

साथीहरूले दुई–चारजनाको नाम थपौँ भन्नुभएको छ भने थपौँ। उहाँहरूको नाम थपेर जाँदैमा के हुन्छरु मिलाएर जाँदा राम्रै हुन्छ। त्यो पार्टीको हितमा पनि छ।

खनाल र गौतमको कुरापछि रोकिए ओली

अध्यक्ष ओलीले बहुमतका आधारमा निर्णय लेख्न महासचिव पोखरेललाई निर्देशन दिएपछि वरिष्ठ नेता खनाल र उपाध्यक्ष वामदेव गौतमले मिलेर जान सुझाब दिए। उनीहरूले मिल्दा राम्रो सन्देश जाने र पार्टी हितमा हुने भनेपछि ओली रोकिएका थिए। नेपालको कडा चुनौतीबीच खनाल र गौतमको पनि साथ नपाएपछि बहुमतको समीकरण बदलिने सम्भावना देखेर ओली एकाएक रोकिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।(नयाँ पत्रिका दैनिकबाट)