कुनौली– सखडा नयाँ सडकको उदघाटन

चैत १६, सप्तरी– सिचाई मन्त्री उमेशकुमार यादवले कुनौलीदेखि सखडासम्मको नयाँ सडकको निर्माणको उदघाटन गरेका छन् ।

मन्त्री यादवले राजविराज बजार विस्तार तथा कृषि विकासका लागि यो सडक कोशेढुङगा सावित हुने बताए ।
करिव तीन किलोमिटर लम्बाई रहेको सो सडकको चौडाई चार मिटर रहेको छ । कुनौली तथा राजविराजका जनतालाई सखडा जान लामो दुरीको बाटो प्रयोग गर्नु परेको थियो, अब आवतजावत गर्न सजिलो भएको स्थानीयले बताए ।
यो सडक सांसद एवं मन्त्री यादवको सहयोग र पहलमा निर्माण हुँदैछ ।  आजबाटै सो निर्माण कार्य शुरू भएको छ । चालु आर्थिक वर्षमै त्यसलाई सम्पन्न गर्ने लक्ष्य रहेको छ ।