मैथली भाषामा सूचना जारी गर्न मन्त्रीको निर्देशन

चैत १६, महोत्तरी– सिचाइ मन्त्री उमेश कुमार यादवले सिचाईसँग सम्बन्धित सूचना तथा जानकारी मैथिली भाषामा प्रकाशन तथा प्रसारण गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
महोत्तरी जिल्ला सिचाई डिभिजन कार्यालय तथा त्यस मातहतका कार्यलय अनुगमन गर्ने क्रममा त्यस्तो निर्देशन दिएका हुन् ।
सिचाई कार्यालयबाट के के सुविधा पाईन्छ, माग फारम तथा अन्य फारमहरू कहाँ पाईन्छ भन्ने कुराको समेत जानकारी नभएकाले बुझ्ने भाषामा सूचना प्रकाशन गर्न उनले निर्देशन दिएका हुन् ।