‘म यति गोरी, म यति राम्री’

काठमाडौं–गायिका डेनी रेग्मीको म यति गोरी, म यति राम्री बोलको गीत सार्वजनिक भएको छ ।
प्रायः गीतमा आफुमा भएको विशेषता वा शारीरिक बनोटलाई बढाईचढाई गर्ने गरेको पाइएता पनि रेग्मीको भिडियोमा आफ्नै मौलिकपन झल्केको पाइन्छ ।
म यति गोरी, म यति राम्री, म यति अग्ली, म यति हँसिली जस्ता शब्दले रेग्मीको गीत झन् सुनौसुनौ बनेको छ ।
उक्त भिडियोलाई गीतकार किरण बरालले चलनचल्तीका शब्दहरु राखेर भिन्न बनाइदिएका छन् ।
आफैलाई बढाईचढाई गरेको या आफुलाई केही होइन भनेर नजरअन्दाज गरिने पाटो हाबी भएका नेपाली गीतको भीडमा आफुलाई बढी वा घटी केही नभएर ठिक्कको हो भन्ने भाव बोकेको गीत हो ।
ललितपुरको सिलौटा रिसोर्टलाई कलात्मक रुपमा प्रयोग गरिएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । यसभन्दा अगाडि मैले चोलीको तुनामा बोलको गीत गाएर स्रोतामाझ चिनिएकी रेग्मी यस गीतले आफ्नो सांस्कृतिक पहिचानलाई अझ दर्शकमाझ फैलाउने विश्वास लिएकी छन् ।
आशिष एल्बममा समेटिएको यस गीतलाई भिजन नेपाल फिल्मस् एण्ड इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो ।