गिरिजाप्रसादसँग भएका सहमति म कार्यान्वयन गर्छु ःसभापति देउवा

चैत १६, काठमाडौं –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिगतमा भएका आन्दोलन र त्यस क्रममा गरिएका सहमति, सम्झौतालाई आफूले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।

सभापति देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेको चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रीप्रसाद न्यौपानेको नेतृत्वमा पुगेको टोलीसँगको उनले आफू बिगतमा भएका सहमतिबाट कदापि पछाडि नहट्ने बताए । ्

‘गिरिजाप्रसाद कोइरालाले गर्नुभएका सहमति र सम्झौता कार्यान्वयन गर्ने दायित्व मेरो पनि हो’, सभापति देउवाको भनाइ उदृत गर्दै चुरेभावर पार्टीका प्रवक्ता प्रकाश निरौलाले जानकारी दिए ।

सभापति देउवासँग चुरेभावर पार्टीले चुरेभावर क्षेत्रलाई समेटर संघीय प्रदेश बनाइनुपर्ने बिगतको सहमति कार्यान्वयनमा आग्रह गरेको थियो ।