चट्याङ लागेर एक जनाको मृत्यु

चैत १६, दोलखा –  दोलखामा हावाहुरीसँगै परेको चट्याङले गौरीमुदी गाविस–८ का १६ वर्षीय सुमन मगरको मृत्यु भएको छ ।

गएराति घरमा बसिरहेका बेला परेको चट्याङ लागेर गम्भीर घाइते भएका मगरलार्इ उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले जानकारी दिए।

हावाहुरीले अन्य केही घरमा पनि क्षति पुगेको बताइएको छ।