एसएलसी परीक्षामा १४५ पाल्पाली विद्यार्थी नपाउने

चैत १६, पाल्पा – यही चैत १८ गते सुरु हुने यस बर्षको एसएलसी परीक्षामा पाल्पा जिल्लाबाट १४५ जना विद्यार्थी परीक्षा दिन नपाउने भएका छन्।

जिल्ला शिक्षा कार्यालय पाल्पाका अनुसार बीचमा विद्यालय छाड्ने, कम उमेर भएका र वर्षमा ७५ प्रतिशत हाजिरी नपुगेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुने भएका हुन्।

विद्यार्थी स्वयम् र विद्यालयको लापर्बाहीका कारण १४५ जना विद्यार्थी परीक्षा दिनबाट बञ्चित हुनुपरेको अभिभावकको गुनासो रहेको छ।

परीक्षामा पाल्पा जिल्लाबाट छ हजार ८४६ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ। नियमिततर्फ पाँच हजार ३२९ र एक्जेम्टेडतर्फ एक हजार ५१७ जना विद्यार्थी रहेका छन्।