बालिकाको बलात्कारपछि हत्या

चैत १६, सल्यान– सल्यानमा ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ।
बालिकाको बलात्कार पछि हत्या गरेको आरोपमा जिमाली–३ तुरतुरेका भिनाजु नाता पर्ने २२ वर्षीय गोपाल चलाउनेलाई प्रहरीले पक्राउ गरेको सल्यानका प्रहरी निरीक्षक विनोद खड्काले जानकारी दिए।

कालागाउँमा ससुराली गएका चलाउनेले घरमा कोही नभएको मौकाछोपी घर नजिकै लगेर बलात्कारपछि बालिकाको हत्या गरेकोे हुन सक्ने प्रहरीले आशंका गरेको छ। घरदेखि झन्डै २ सय मिटर टाढा बालिकाको शव स्थानीयले फेला पारेका थिए।

स्थानीय सरस्वती प्राविमा कक्षा ३ मा अध्ययनरत बालिकाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ। बलात्कारका आरोपित चलाउनेलाई भने जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको प्रहरी प्रवक्ता खड्काले बताए।