प्रियंकाको आँखा संसारकै कामुक

भिक्टोरिया सेक्रेट म्यागेजिनले बलिउड अभिनेत्री प्रियंका चोपडालाई संसारकै सबैभन्दा कामुक आँखा भएकी अभिनेत्रीको सूचीमा समावेश गरेको छ।

म्यागेजिनले सार्वजनिक गरेको ‘ह्वाट इज सेक्सी’ सूचीमा प्रियंकालाई कामुक आँखा भएकी अभिनेत्रीमा राखेको हो। उनी ३३ वर्षकी प्रियंका अमेरिकी टेलिभिजन श्रृंखला ‘क्वान्टिको’ बाट हलिउडमा चिनिन थालेकी छिन्।

‘सेक्सी कास्ट टिम’ मा उनी अभिनित क्वान्टिको परेको छ।