अन्तिम ३ मिनेट रोक्न नसक्दा नेपाल मलेसियासँग बराबरी खेल्यो

चैत १५, काठमाडौं –नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको बाइस वर्षमुनि ९यु–२२० को राष्ट्रिय फुटबल टोलीसँग बराबरी खेलेको छ।

मलेसियाको सेरेबनको टुअङ्कु अब्दुल रहमान रङ्गशालामा भएको मैत्रीपूर्ण खेलमा नेपालले मलेसियासँग १(१को बराबरी खेलेको हो।

नेपालका लागि भरत खवासले खेलको ३७ औं मिनेटमा गोल गरेका थिए।

अन्तिम ३ मिनेट सम्हालिन नसकेपछि नेपालले गोल खान पुगेको थियो। मलेसियाली लाडीले खेलको ८७औं मिनेटमा गोल फर्काए।

यसअघि भारतमा सम्पन्न बाह्रौ दक्षिण एसियाली खेलकुद ९साग० र बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको नेपाली टोली त्यसपछिको पहिलो मैत्रीपूर्ण खेलमा पनि उच्च मनोबलको साथ मैदानमा उत्रिएको हो। साग र बङ्गबन्धुमा नेपालले स्वर्णपदक जितेको थियो ।

त्यस्तै, केही समयअघि मात्र अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले नियुक्त गरेको नयाँ जापानी प्रशिक्षक ग्यातुकी कोजीको प्रशिक्षणमा नेपाली टोलीले पहिलो पटक फुटबल प्रतियोगितामा जित हात पारेको हो।