१९ औँ फ्लोरा एक्स्पो १८ गतेदेखि


काठमाडौं–पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि यही चैत १८ गतेदेखि १९ औं फ्लोरा एक्स्पो संचालन गर्ने भएको छ ।
फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा “स्वच्छ वाताबरण र आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय” भन्ने नाराका साथ काठमाडौँमा एक्स्पो हुने भएको हो ।
कृषि बिकास मन्त्रालयका उपसचिब डा रुद्रबहादुर श्रेष्ठले पुष्प क्षेत्रमा भएको निर्यातभन्दा सातगुणा बढि भएको आयातलाई कम गर्न आफ्नो मन्त्रालय लागि परेको र यसका लागि सबै क्षेत्रको सहयोग आवश्यकता रहेको बताए ।
मेलामा रहने ६४ वटा स्टल रहनेछ । मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, कृषि औजार, उपकरण, प्याकेजिङका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधि र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहनेछन् । साथै मेलामा सहभागि भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु बिच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने समेत कार्यक्रम रहेको छ ।