विश्वकप विजेता जर्मनी इङ्ल्याण्डसँग पराजित

एजेन्सी–  दुई सून्यले पछि परेको स्थिति उल्टाउँदै इङ्ल्याण्डले विश्वकप विजेता जर्मनीलाई पराजित गरेको छ। बर्लिनमा आइतबार विहान भएको मैत्रीपूर्ण खेलमा जर्मनीलाई इङ्ल्याण्डले ३–२ गोल अन्तरले पराजित गरेको हो।

खेलमा अग्रता भने जर्मनीले लिएको थियो। खेलको ४३ औँ मिनेटमा टोनी क्रुसले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक सून्यको अग्रता लिएको जर्मनले खेलको ५७ औँ मिनेटमा गोमेजको गोलबाट अग्रता दोब्बर पारेपनि त्यसलाई जोगाउन सकेन।

दुई सून्यले पछि परेको स्थिति उल्टाउँदै इङ्ल्याण्डले ३० मिनेटभित्र तीन गोल गर्यो। इंग्ल्याण्डका लागि खेलको ६१ औं मिनेटमा ह्यारी केनले गोल गर्दै अग्रता २–१ म झारे।

यस्तै खेलको ७४ औं मिनेटमा भर्डीले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याए भने अन्तिम मिनेटमा एरिक डिएरले गोल गर्दै इंग्ल्याण्डलाई ३–२ को जित दिलाएका थिए।