‘झापा गोल्डकप’को तयारी अन्तिम चरणमा

झापा– यही चैत १८ गतेदेखि सुरु हुने  ‘झापा गोल्डकप’ को तयारी अन्तिम चरणमा पुगेको छ।

डोमालाल रंगशालामा  हुने राजधानी बाहिरको सर्वाधिक पुरस्कार राशीको उक्त प्रतियोगिता  तयारी द्रुतगतिमा भएको आयोजक जिल्ला फुटवल संघ झापाले जनाएको छ।

रंगशालामा यतिवेला आयोजकलाई ब्याम्वो प्याराफिट बनाउन भ्याईनभ्याई  छ। मैदानको घाँस काट्नेदेखि लिएर, रोलर लगाएर मैदान सम्याउन, विभिन्न ठाँउमा स्वागतद्धार बनाउन आयोजक लागिपरेको छ।

झापा जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरूङले प्रतियोगिता पूर्वको सेड्युल अनुसारनै झापा गोल्डकपको तयारी धमाधम भईरहेको सेतोपाटीसँगको कुराकानीमा बताए।

रमपम चाउचाउको मुख्य प्रायोजन रहेको प्रतियोगितामा नेपालका तीनै विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरीको एपिएफ, नेपाल प्रहरीको नेपाल पुलिस क्लबसहित ए डिभिजनका मनाङ मर्स्याङ्दी र थ्री(स्टार क्लब प्रतियोगितामा सामेल हुने भएका छन्।

आयोजक झापा ११ सहित भारत, भुटान, श्रीलंका र बंगलादेशको राष्ट्रिय टिम पनि झापा गोल्ड कपमा सहभागी हुने आयोजकले बताएको छ।

५५ लाख लागत अनुमान गरिएिको प्रतियोगितमा बिजेता टिमले ६ लाख रुपैयाँ नगद पुरस्कार सहित मेडल, ट्रफि र प्रमाण पत्र पाउने छ। यो पुरस्कार मोफसलको सर्वाधिक राशी हो।

यस्तै उपविजताले ३ लाख रुपैयाँ पाउने आयोजक झापा जिल्ला फुटबल संघले जनाएको छ।