नेपाली खेलाडी मगर र सिंह पाकिस्तानी कम्पनीका ब्रान्ड एम्बासडर

काठमाडौं– पाकिस्तानको खेल पोशाक तथा सामाग्री उत्पादक कम्पनी बीएस स्पोर्ट्सले नेपाली राष्ट्रिय स्क्वास खेलाडीद्वय अमृत थापा मगर र अराहन्तकेशर सिंहलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।

नेपाल स्क्वास र्‍याकेट्स संघका अध्यक्ष किशोर महर्जन र बीएसका निर्देशक एम अली बबरले सम्झौता पत्रमा हस्ताक्षर गरे।  नेपाली स्क्वासको इतिहासमा कुनैपनि खेलाडीलाई ब्रान्ड एम्बासडर नियुक्त गरिएको पहिलोपटक हो।

सम्झौता अनुसार बीएसले दुवै खेलाडीलाई २ वर्षका लागि खेल पोशाक र ुट्राभलिङ किट्सु उपलब्ध गराउने छ। बीएस एक वर्षको एक खेलाडी बराबर करिब १ लाख मूल्य बराबरको प्रायोजना गर्ने अध्यक्ष महर्जनले जनाएका छन्।

विशेषगरी क्रिकेट खेल सामाग्री उत्पादन गर्ने बीएस स्पोर्ट्सले यसअघि राष्ट्रिय क्रिकेट टिमलाई पनि प्रायोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

निर्देशक अलीले हस्ताक्षर कार्यक्रमपछि खेलाडीलाई प्रायोजनसंगै पाकिस्तानमा हुने तालिम तथा प्रतियोगिताको व्यवस्था पनि मिलाउने बताउदै सातदोबाटोमा प्रशिक्षणका दौरान देखेको खेलाडीको लगनशीलताका कारण प्रायोजन गरेको जानकारी दिए।