चीनसँगको सम्झौताबाट भारत दुःखी हुनुपर्दैनःज्ञवाली

चैत १२, नेपालगंज – नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले नेपालले चीनसँग सम्बन्ध विस्तार गर्दा अर्को छिमेकी मुलुक भारत दुःखी हुनुपर्ने कुनै कारण नभएको बताएका छन्।

प्रेस चौतारी, बाँकेले आयोजना गरेको  पत्रकार सम्मेलनमा उनले भने, “हामी दुवै छिमेकी मुलुकसँग समानताका आधारमा सम्बन्ध स्थापित गर्न चाहन्छौँ, यसो गर्दा कुनै एक मुलुक चिढिनु पर्दैन।”

“सार्वभौम, स्वतन्त्र राष्ट्रले कोसँग कस्तो सम्बन्ध राख्ने उसको आफ्नो अधिकार हो, कसैको अधिनमा बस्नु हामीलाई किमार्थ स्वीकार्य हुन सक्दैन” नेता ज्ञवालीको भनाइ थियो ।

उनले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक भएकाले काँग्रेसलाई सरकारमा ल्याउने प्रयास गरिने बताए।