गुगलले सगरमाथा चीनमा देखाएपछि

चैत १२, इटहरी– केही दिनयता गुगल म्याप सर्च गर्दा सगरमाथा चीनमा रहेको देखाएपछि त्यसको विरोध सुरु भएको छ ।

विश्व चर्चित सर्च इन्जिन गुगलले सगरमाथा रहेको नक्सा चीनमा देखाउन थालेको भन्दै सुनसरीमा पत्रकारहरुले विरोध जनाएका हुन्।

रिपोर्टस क्लब सुनसरीको अगुवाईमा सामाजिक संघसंस्था तथा राजनितिक दलका  प्रतिनिधिले शुक्रबार इटहरीमा र्याली निकाले विरोध जनाएका हुन् । गुगलको विरोध गर्दै निकालिएको र्यालीले  इटहरी चोकको परिक्रमा गरेको थियो।

र्यालीपछि भएको कोणसभामा नेपाल पत्रकार महासङ्घ सुनसरीका सचिव बाबुराम सुवेदीले गुगलले जानेर वा नियतवस् गम्भीर भुल गरेकाले त्यसलाई सच्याउनु पर्ने र नेपाल सरकारले पनि त्यो विषयमा आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताए।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति हेमकर्ण पौडेलले सगरमाथालाई विवादमा ल्याउनु गलत भएको भन्दै यसलाई तत्काल सच्च्याउन माग गरे ।