सगरमाथा चढ्ने बाटोमा भ्वाङैभ्वाङ

चैत ११, काठमाडौं– सगरमाथा आरोहणको लागि प्रयोग हुने बाटोमा गत वैशाखको भूकम्पले ठूला खाल्डा र चिरा पारेको देखिएको छ।

आरोहीका लागि बाटो बनाउन आधारशिविरबाट माथि उक्लिँदै क्याम्प एक नजिक पुगेका ‘आइसफल डाक्टर’ ले बाटोमा यसपटक सबैभन्दा धेरै हिउँ चिरिएको र खाल्डा परेको देखेका हुन्।

दुई वर्षदखि आरोहण हुन नसकेको सगरमाथामा आर्को महिना सुरु हुने आरोहणका लागि बाटो बनाइरहेका आइसफल डाक्टरहरु क्याम्प नजिक पुगेका छन्। अघिल्ला वर्षका तुलनामा यसपटक बाटो बनाउन भ¥याङसमेत धेरै प्रयोग भएका छन्।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)को संयोजनमा बाटो बनाइरहेका आइसफल डाक्टरहरुले क्याम्प एकभन्दा तलै ४० भ¥याङ प्रयोग भइसकेको जानकारी दिएका हुन्। क्याम्प दुईसम्म पुग्न सयभन्दा बढी भर्याङ लाग्ने अनुमान छ। (अन्नपूर्ण पोस्ट दैनिकबाट)