मुगुमा रगत नपाएर छट्पटिँदै सुत्केरी

चैत ११, मुगु– कार्कीबाडा–१ की २४ वर्षीया संगीता रावलले जिल्ला अस्पतालमा तीन दिनदेखि रगत पाइरहेकी छैनन्। दुई दिनअघि कार्कीबाडाकै विद्यालयमा सञ्चालित स्वास्थ्य शिविरमा जाँच गराउँदा उनी त्यही सुत्केरी भएकी थिइन्। रक्तस्राव नरोकिँदा जिल्ला अस्पताल ल्याइएको थियो। सन्तान जन्माएपछि अत्यधिक रक्तस्राव हुँदा उनी छटपटाइरहेकी छिन्। शरीरमा रगतको मात्रा ८।७ पिन्ट मात्र थियो। जिल्लामा रक्त सञ्चार केन्द्र छैन। भेनका बेला रक्तदान गर्ने भेटिन्नन्। रक्त समूह पनि मिल्नुपर्यो। सिकिस्त अवस्थाकी सुत्केरीलाई बचाउन चिकित्सक आफै रगत खोजिरहेका थिए। रगत पाइए पनि ब्लड बैँक नहुँदा रावललाई रगत दिन कठिनाइ भएको जिल्ला अस्पतालका डा। रत्नवीर सुनारले बताए। ‘रगतको मात्रा कम छ, भनेका बेला पाइँदैन, उनले भने।’ अस्पतालमा रहेको रगतको म्याद सकिएको र नेपालगञ्जबाट झिकाउन पनि समयमै नसोच्दा सुत्केरीले दुःख पाएको चिकित्सकले बताए। (कान्तिपुर दैनिकबाट)