बुङमतीमा खुल्ला फोटो–भिडियो प्रदर्शनी

ललितपुर– रिसाइलेन्स टु रिकन्सट्रक्सन नाम दिएर बुङ्मतीमा खुल्ला फोटो तथा भिडियो प्रदर्शनी गरिएको छ।
प्रदर्शनीमा डेनमार्कको भ्यालकिल्ड होस्कोलका विद्यार्थीहरुले १० दिनको नेपाल बसाइका क्रममा खिचेका ४५ फोटोलाई प्रदर्शनीमा राखिएको हो।

उक्त प्रदर्शनीमा स्थानीय समुदायको जीवन र जीविकोपार्जनको पुनर्स्थापनामा पुगेको सहयोगलाई ती विद्यार्थीहरुले तस्वीर, भिडियो र अन्तरवार्ता  देखाइएको थियो।
उनीहरुले डेनमार्कको कोपेनहेगनमा आगामी २४ हुने ुनेपाल पप अपु नामक सडक उत्सवमा नेपालको उत्सव मनाउनेछ। विद्यार्थीहरुले भूकम्पपछिको पुनर्निर्माणमा केन्द्रित तस्वीर, भिडियो, र अन्तर्वार्ता प्रदर्शन गर्नेछन्।

उक्त कार्यक्रमबाट संकलन हुने रकम रकम पुनर्निर्माणका लागी नेपाल पठाइने बताइएको छ। बुङमती पुनर्निर्माण समितिका संयोजक प्रेम भक्त महर्जनले यो कार्यक्रमले विश्वको र खासगरी युरोपको ध्यान नेपालतर्फ तान्नमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रम डिसिए, बुङमती पुनर्निर्माण समिति, साथी सहायता समूह बुङमती र स्थानीय संस्था फ्रेंड्स सर्भिस काउन्सिल नेपालले संयुक्त रुपमा आयोजना गरेका हुन्।