होलीको दिन उपत्यककका २०९४ मोटरसाइकल कारबाहीमा

चैत १०, काठमाडौं– यो वर्ष उपत्यकामा होलीका दिन २०९४ मोटरसाइकल कारवाहीमा परेका छन् ।
तीमध्ये २३७ मापसे कारबाहीमा परेको उपत्यका ट्राफिक इन्चार्ज सीताराम हाछेथुले  बताए।

मंगलबार बिहान ७ बजेदेखि राति १० बजेसम्म गरिएको चेक जाँचका क्रममा २०९४ वटा मोटरसाइकल कारबाहीमा परेका हुन्। कारबाहीमा परेका मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रमा लिएको थियो। ‘फेरि पनि अर्को ठाउँमा ती मोटरसाइकल कारबाहीमा पर्ने भएकाले दुर्घटना नहोस् भनेर हामीले कारबाहीमा परेका मोटरसाइकल नियन्त्रणमा लिएका हौ,’ उनले भने,‘ कारबाहीमा परेका मोटरसाइकललाई बेलुका ६ बजेमात्र छोडियो।’