राजतन्त्र फर्किने सपना नदेख्न सुजाताको आग्रह

चैत ८, मोरङ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपालमा राजतन्त्र अब कुनै पनि हालतमा फर्किन नसक्ने भन्दै राजावादीलाई राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गरेकी छिन्।

जिपी कोइराला फाउन्डेसन विराटनगरमा आज बिहान पत्रकारहरुसँग कुराकानी गर्दैै नेत्री कोइरालाले राजतन्त्र फर्किने सपना नदेख्न राजावादीलाई अनुरोध गरिन्।

सात दशकभन्दा लामो सङ्घर्षपछि प्राप्त भएको उपलब्धिलाई संस्थागन गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा कोइरालाले जोड दिइन्।

दलको सहकार्य बिना संविधानको सफल कार्यान्वयन गर्न गाह्रो पर्ने उनको भनाइ थियो ।
काँग्रेसले दह्रो प्रतिपक्षकै रुपमा बसेर संविधानको कार्यान्वयनका लागि रचनात्मक भूमिका निर्वाह गर्ने कोइरालाले बताइन्।