चैत ५, काठमाडौं–प्रधानमन्त्री केपी ओलीले आफ्नो चीन भ्रमणको विषयमा आज साढे १२ बजे प्रमुख दलका शीर्ष नेताहरूसँग परामर्श गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आफ्नो चीन भ्रमणका विषयम दलका शीर्ष नेताहरूसँग परामर्श गर्न लागेको उनको निजी सचिवालयले जनाएको छ ।
छलफलमा चीनको औपचारिक भ्रमणमा आफूले उठाउने विषयमा दलका नेताहरूलाई प्रधानमन्त्री ओलीले जानकारी गराउनेछन् । त्यस क्रममा ओलीले दलका नेताहरूसँग पनि सुझाव लिने जनाइएको छ ।
प्रधानमन्त्री ओली चैत ७ देखि १४ गतेसम्म मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि जाँदैछन् ।