राष्ट्रिय युवा स्वयंसेवा कार्यक्रम (युथ ग्रीन क्लब) अभियान सुरु

चैत ५, काठमाडौं–युवा अभियानले युवा तथा खेलकुद मन्त्रालय तथा निजामती कर्मचारी अस्पतालको साझेदारीमा आजदेखि राष्ट्रिय युवा स्वयंसेवा कार्यक्रम (युथ ग्रीन क्लब) अभियान निजामती कर्मचारी अस्पतालको परिसरमाबाट सुरु गरेको छ ।
एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले परिसरमा हरिया बगैँचा तथा पार्कको स्वरुप पनि प्रदान गर्र्दै सेवाग्राहीलाई आधुनिक स्वास्थ्यसेवा सँगै स्वच्छ तथा हराभरा वातावरण निर्माणको पनि सोच लिएको जनाएको छ ।
अस्पतालको योजना र प्रयासलाई सफल पार्न युथ भिजनले राखेको वातावरण तथा सरसफाईमा युवा स्वयंसेवक परिचालन कार्यक्रम सहयोगी हुने देखिएको हुँदा यो सहकार्य थालनी गरिएको हो ।
युथ भिजन २०२५ तथा १० वर्षे रणनीतिक योजनाका आधारमा यो कार्यक््रmम सञ्चालन गरिनेछ । अस्पतालका सेवाग्राही तथा अन्य सर्वसाधारण व्यक्तिलाई अस्पताल परिसरमा फोहोर गर्न निरुत्साहित गर्ने, युवाहरुलाई वातावरण तथा सार्वजनिक श्रोतसाधनको संरक्षण गर्न जागरुक बनाउने, वातावरण संरक्षणका लागि एउटा सक्रिय युवा समुह निर्माण गर्ने तथा कार्यक््रmम अवधिभित्र अस्पताल हातालाई हराभरा बनाउने तथा फोहोरको उचित व्यवस्थापन योजना बनाउने उद्धेश्य बोकेको यो योजना युवा अभियानको एक बर्षसम्म निजामती कर्मचारी अस्पतालमा सञ्चालन गरिनेछ ।