के के छन् कांग्रेस बैठकका एजेन्डा

चैत ५, काठमाडौं– १३ औँ महाधिवेशनबाट आएको नयाँ नेतृत्वपछि नेपाली कांग्रेसको पहिलो केन्द्रीय समितिको बैठक आज बस्दैछ।
नवनिर्वाचित सभापति शेरवहादुर देउवाले शुक्रवार पहिलो केन्द्रीय समितिको बैठक बोलाएका हुन्।

वैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्नेछ।
महाधिवेशनमा सहाभागी प्रतिनिधिहरु, गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशनमा खटेर निर्णायक भूमिका खेल्ने निर्वाचन समिति, अधिवेशन सफल बनाउन सक्रियता देखाएका क्रियाशिल सदस्यहरु, अधिवेशन उद्घाटन समारोहमा सहाभगी भएर शुभकामना दिने राजनीतिक दलका नेतथाहरु, विदेशी आमन्त्रित पाहुनाहरु ल्गायत शुभेच्छुहरुलाई केन्द्रीय समितिले धन्यवाद ज्ञापन गर्ने कार्यक्रम छ।

यसैगरी लामो समयदेखि हुन नसकेको नेविसंघ, तरुण दल लगायतका भ्रातृ संगठनको अधिवेशन गराउने विषयमा पनि छलफल हुने बताइएको छ ।

पहिलो केन्द्रीय समितिको बैठकले सभापति देउवाले पदाधिकारीमा चुनाव हारेका ६ जना र नरहरि आचार्यलाई केन्द्रीय सदस्यमा गरेको मनोनयनलाई अनुमोदन समेत गर्ने छ।

निर्वाचित ६४ जना र सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेका ७ जना सहित कांग्रेसको केन्द्रीय समिति ७१ सदस्यीय भएको छ। सभापतिले थप १४ जना केन्द्रीय सदस्य मनोनित गर्न अझै बाँकी छ।