सार्क मन्त्रिपरिषद्को बैठक आज बस्दै

चैत ४, पोखरा –दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३७औँ मन्त्रिपरिषद् बैठक आज पोखरामा बस्दैछ ।

पोखरास्थित ग्रान्ड होटलमा हुने बैठकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।  आठवटै सदस्य मुलुकका परराष्ट्र र बाह्य मामिला मन्त्रालयबाट नेपालका परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री सुस्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुन्या मौमुन, श्रीलङ्काली विदेशमन्त्री मङ्गला समरावेरा, बङ्गलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाई र पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज बैठकमा सहभागी हुनेछन् ।

पोखरास्थित ग्रान्ड होटलमा हुने बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री कमल थापाले गर्नेछन् ।