कलैयामा एक व्यक्तिको शब फेला

चैत ४, कलैया – बाराको कलैया–६ मोतिबागका सन्तोष साह कलैया नगरपालिका–१ को बाटो छेउमा आज विहान मृत फेला परेका छन्।

बिहान शौच गर्न जाने क्रममा स्थानीयबासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शाहको शव कलैया स्थित जिल्ला अस्पतालमा राखिएको छ।

शाहको घाँटी थिचेर हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ।