गैडाकोट नगरपालिकालाई प्लास्टिकमुुक्त गरिने

चैत ४, गैडाकोट–नवलपरासिको गैडाकोट नगरपालिकालाई प्लास्टिक ब्यवस्थापन युक्त नगरपालिकाको रुपमा बिकास गरिने भएको छ ।

प्लास्टिक जन्य फोहोरका कारण नगरक्षेत्र कुरुप बन्दै जाने र त्यस्ले वातावरणमा ठुलो समस्या सिर्जना गर्ने भएकाले उक्त अभियान थालिएको हो ।

प्लास्टिक ब्यवस्थापनका लागि चेतना जागृत गरी प्लास्टिक ब्यवस्थापनयुक्त नगरको रुपमा बिकास गर्ने गरी काम सुरु भएको नगरपालिकाका कार्यकारी अधिकृत बद्रि तिवारीले बताए ।

सोही अभियान अन्तरगत आज गैडाकोटका १ र २ नम्वर वडामा करिव ३ हजार ५सय सुईरो बितरण गरिएको उनले जानकारी दिए । प्लास्टिक ब्यवस्थापनका लागि टोलसुधार संस्था , वडानागरिक मञ्च र सामाजिक संघ संस्थाका पदाधिकारीहरुलाई सुईरोको प्रयोग सम्बन्धि चेतना प्रवाह गरी सुईरो हस्तान्तरण गरिएको र ति सुईरो उनिहरु मार्फत घरघर बितरण हुने उनले बताए ।