करेन्ट लागेर एकको मृत्यु

चैत ४, ओखलढुंगा – ओखलढुंगाको यसममा करेन्ट लागेर लिखुखोला जुके दोभान लघु लजविद्युत आयोजनाका कामदार उदयबहादुर तामाङको आज विहान मृत्यु भएको हो।

आयोजना मर्मतको काम भइरहेका बेला विद्युत प्रवाह हुँदा तामाङको मृत्यु भएको हो। यसममा सञ्चालनमा रहेको ८८ किलोवाट क्षमताको लिखुखोला जुके दोभान लघु जलविद्युत आयोजनाको ट्रान्समिटर मर्मतका क्रममा करेन्ट लागेर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुई वर्षअघि सञ्चालनमा आएको आयोजनाको पावर हाउसकै ट्रान्समिटरमा खराबी आएका कारण झण्डै एक वर्ष अघिदेखि बन्द अबस्थामा रहेको थियो।