संवैधानिक राजतन्त्रका विषयमा दुई राप्रपामा कुरा मिलेन

चैत ३, काठमाडौं– दुई राप्रपाबीच एकीकरणका लागि मंगलबार दोस्रो चरणको वार्ता भएको छ । दुवै पार्टीका तर्फबाट बनेका वार्ता समितिको बैठक राप्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो । बैठकमा दुवैले आ(आफ्ना पार्टीका एजेन्डा राखेका थिए ।

संसदमा २५ सिट भएको राप्रपा नेपाल र १२ सिटको राप्रपाबीच एकीकरणका लागि समिति बनेका हुन् । बैठकमा राप्रपा नेपालका तर्फबाट सहभागी नेताले संवैधानिक राजतन्त्रलाई मान्यता दिएर एकीकरण गरिनुपर्ने तर्क राखेका थिए ।(कान्तिपुर दैनिकबाट)