ल्हारक्यालले मानेनन् पोलिग्राफ परीक्षण गर्न

चैत ३, काठमाडौं– ल्हारक्यालले नेपाल इन्भेष्टमेन्ट बैंकको लकरमा फेला परेको १४ राउन्ड गोली भारतमा बस्ने एक परिचितले दिएको दाबी गरे पनि प्रहरीको पोलिग्राफ परीक्षण प्रस्ताव भने अस्विकार गरे।

आइतबार अख्तियार दुरुपयोगा आयोगसँगै  दरबारमार्गको बैंकको लकर खोल्न गएका लामाको लकरबाट पैस्तोलमा लाग्ने गोली फेला परेपछि अनुसन्धानको लागि प्रहरीको जिम्मा लगाएको थियो ।

पेस्तोलको खोजीमा सोमबार बूढानीलकण्ठमा रहेको उनको घरको खानतलासी गरेका प्रहरी उपलव्धिविहीन भएपछि मंगलबार उनलाई पोलिग्राफ परीक्षणको लागि प्रहरी प्रधान कार्यलय पुर्‍याइएको थियो ।
उनले गोली भारतमा बस्ने एक मित्रले दिएको जनाएका थिए ।

त्यसपछि उनको पोलीग्राफ परिक्षण गर्न लागेको प्रहरीलाई आफू अस्वस्थ छु भन्दै परीक्षण गर्न अस्विकार गरेका थिए ।(नागरिक दैनिकबाट)