‘ठगेर फरार’ थिए ल्हारक्याल

चैत ३, काठमाडौं– बैंक लकरमा गोली भेटिएपछि प्रहरी हिरासतमा रहेका एकीकृत नेकपा माओवादीका सांसद ल्हारक्याल  लामा वैदेशिक रोजगा ठगी ‘फरार ‘आरोपीसमेत हुन् ।

मकाउ पठाइदिने भन्दै २ करोड १९ लाख रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेपछि विभागले लामालाई पक्राउ गरि बुझाउन प्रहरीलाई दुई वर्षअघि  नै पत्र पठाएको थियो।

अपरच्युनिटि म्यानपावर सर्भिसेजका अध्यक्ष केशबबहादुर गुरुङले लामासहित फुर्वा लामा छ तिरिङडोल्ला लामाविरुद्ध २०७९ भदौमा उजुरी दिएका थिए । लगत्तै विभागले महागनरीय प्रहरी मरिसर, काठमाडौंलाई भदौ ५ मा तीनै जनालाई पक्राउ गरी विभागमा पठाउन पत्राचार गरेको थियो ।

गुरुङले निवेदनमा ‘ल्यारक्यालकी भान्जी भन्ने खिनाले मकाउमा हाउसकिपिङ, क्लिनर, वेटर र सेक्युरिटी गार्डको ३ सय २० जनाको कोटा ल्याईदिने भन्दै पटक पटक गरी २ करोड १९ लाख रुपैयाँ ठगी गरेको दाबी गरेका छन् ।(नागरिक दैनिकबाट)