गाविस र जिविसको सरंचना हट्ने

चैत ३, काठमाडौं–  सरकारले संविधान अनुसार स्थानीय निकाय पुनर्सरचनाका लागि आयोग गठन गरेको छ ।

संविधानमा स्थानीय निकायको संरचना गाउँपालिका, नगरपालिका, विशेष स्वायत्त र संरक्षित क्षेत्र हुने व्यवस्था भएकाले ती सरंचनाको सीमा र संख्या निर्धारण गर्न आयोग बनाइएको छ ।

आयोगले दिएको सिफारिस कार्यान्वयन भएपछि हालको गाविस र जिविस संरचना रहँदैन ।(कान्तिपुर दैनिकबाट)