सातै प्रदेशमा नयाँ औद्योगिक क्षेत्र थपिने

चैत २, काठमाडौं– सरकारले संघीयताको नयाँ सीमांकन अनुसार विभाजन गरिएका सातै प्रदेशमा एक(एक ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । यसको नीतिगत निर्णयका लागि उद्योग मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकेको छ ।

प्रस्तावमा सबै प्रदेशमा एक हजार बिघा क्षेत्रफलभन्दा बढी जमिनको पहिचानसमेत गरी प्रक्रिया अघि बढाउन स्वीकृति मागिएको छ । मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरेमा सातै प्रदेशमा नयाँ औद्योगिक क्षेत्र थपिनेछन् ।(कारोबार दैनिकबाट)