पूर्वराजदूत अन्सारी भ्रष्टाचारी ठहर

चैत २, काठमाडौं– मृतकका आफन्तले पाउने राहत रकम खाएको अभियोगमा मुछिएका साउदी अरबका तत्कालीन राजदूत हमिद अन्सारीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेषले अन्सारीमाथि ३ लाख ९६ हजार रुपैयाँ जरिवाना र सात महिना कैद हुने फैसला गरेको छ ।
अन्सारीले साउदी अरबमा कामको सिलसिलामा मृत्यु भएका एक कामदारको क्षतिपूर्तिबापत आउने २० हजार रियाल आफैंले झिकेर लिएका थिए । ती कामदारका आफन्तले पहिलो र दोस्रो किस्तामा २७ हजार र २० हजार रियल पाउनुपर्ने थियो । पछिल्लो किस्ता भने राजदूतले आफ्नो नाममा निकालेर पीडित आफन्तलाई नदिएको प्रमाणित भएको छ ।

अन्सारी २०६४ देखि २०६७ माघसम्म गरी ३ वर्ष राजदूत भएका थिए ।(कान्तिपुर दैनिकबाट)