कांग्रेसका सबैभन्दा जेठा कुलबहादुर, कान्छीमा लक्ष्मी परियार

चैत २, काठमाडौं– कांग्रेस केन्द्रीय सदस्यमा शेरबहादुर देउवा पक्षको आरामदायी बहुमत छ । ६४ सदस्यको निर्वाचनमा देउवा पक्षका ४३ जना निर्वाचित भएका छन् । केन्द्रीय समितिमा निर्वाचितमध्ये सबैभन्दा जेठा कुलबहादुर गुरुङ छन् । गुरुङ ८२ वर्षका भए। त्यस्तै सबैभन्दा कान्छीमा लक्ष्मी परियार छिन् । परियार ३८ वर्षकी भइन।(नयाँ पत्रिका दैनिकबाट)