छ जना मधेसी कार्यकर्तासँग धरौटी माग, देश टुक्र्याउने अभियानमा लागेको आरोप

चैत २, राजविराज– देश टुक्राउने अभियानमा लागेका स्वतन्त्र मधेस गठबन्धनका छ जना कार्यकर्तासँग विशेष अदालत काठमाडौंले धरौटी माग गरेको छ ।
जिल्ला प्राविधिक कार्यालय सुनसरी, इनरुवाका सव इञ्जिनियर भारदह १ का ३९ वर्षीय श्यामसुन्दर मण्डलसहित छ जनासँग जनही २५ हजार धरौटी माग गरिएको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार मण्डलसहित मधेस गठबन्धनका सप्तरी संयोजक इटहरी विष्णुपुरका  सुरेन्द्र शर्मा सुतिहार, उस्मान मियाँ, भारदहका  सुरेन्द्र मण्डल, भारदहका  बुधेश्वर मण्ड र  भोगेन्द्र भनिने नागेश्वर शर्मासँग धरौटी माँग गरिएको हो ।

न्यायाधीशद्वय भुपेन्द्र प्रसाद शिवाकोटी र नरेन्द्र राईको संयुक्त इजलाशपछि छ जनाले नै सोमबार जनही २५ हजार धरौटी तिरेको प्रहरी नायव निरीक्षक हरि खड्काले बताए । (अन्नपूर्ण पोस्ट दैनिकबाट)