लकर सेवा मापदण्ड विपरित

चैत २, काठमाडौं– बहुमुल्य सामानको सुरक्षाका लागि बैंक तथा वित्तिय संस्थाले दिने लकर सेवा बिनामापदण्ड सञ्चालनमा रहेको पाइएको छ ।
सर्वसाधारणको आकर्षण बढेसँगै बैंकहरुले लकर सेवालाई प्राथमिकता दिए पनि हालसम्म सञ्चालन र प्रयोगबारे कुनै नीतिगत मापदण्ड बनेको छैन ।

एकीकृत नेकपा माओवादीका सांसद तथा पूर्वराज्यमन्त्री ल्यारक्याल लामाको नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको लकरमा १४ राउन्ड गोली भेटिएपछि लकरको गलत प्रयोग हुने गरेको तथ्य बाहिर आएको हो । घटनाले लकर सञ्चालन र प्रयोगबारे मापदण्ड बनाई नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता देखाएको सरकारी अधिकारीहरु नै स्वीकार्छन ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनी लामाको घटनाले लकर सञ्चालनमा नीति(नियमको आवश्यकता साथै सेवा दिने बैंकहरुको पनि सावधानी अपनाउनु पर्ने पाठ सिकाएको बताउँछन् ।(कारोबार दैनिकबाट)