पूरानो घर भत्काएर बल्खुमै पाँच करोडको नयाँ भवन बनाउँदै एमाले

चैत १, काठमाडौं– एमालेको नाममा बल्खुमा नौ रोपनी एक आन जग्गा र पुरानो भवन छ ।

यसको चलनचल्तीको मूल्य ३४ करोड रुपैयाँ रहेको एमाले मुखपत्र नवयुगमा उल्लेख  छ । पुरानो भवनले नौ आना जग्गा ओगटेको छ ।

चैतभित्रै पुरानो भवन भत्काएर करिब पाँच  करोड रुपैयाँ लागतमा भूकम्पपैतिरोधी, अत्याधुनिक प्रविधिमैत्री भवन बनाउने तयारी एमालेको छ । यस विषयमा केन्द्रीय सचिवालयमा समेत एकसरो छलफल भइसकेको छ, केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए  ।

भूकम्पबाट कार्यालय क्ष्तिग्रस्त भएपछि एमाले निकट इन्जिनियर भरत पहारीसहितको इन्जिनियर टोलीले भवनमा रातौ स्टिकर टाँस्यो ।

त्यसपछि एमाले नेताहरुबीच बालकुमारीस्थित नौ रोपनी क्षेत्रफलमा रहेको तुल्सीलाल प्रतिष्ठानमा कार्यालय सार्ने छलफल भयो । तर वर्षमा हिलाम्मे  हुने भन्दै पासाङल्हामु प्रतिष्ठानमा कार्यालय सार्ने योजना बन्यो र सर्‍यो पनि । त्यही मदननगरको जग्गा बेच्ने र चक्रपथ आसपास उपयुक्त जग्गा खोज्ने योजना पनि बनेको थियो ।(नयाँ पत्रिका दैनिकबाट)