युवती तस्कर– एकैसाथ सेटिङ र एस्कर्टिङ

फागुन ३०, काठमाडौं–   हेर्दैमा सखसयमाको उठबसमाझ रमाइरहेका झैँ देखिने ५ युवती र तीन युवक अध्यागमन विभागको डिल्लीबजार कालिकास्थान कार्यालयमा अपराध अनुसन्धान विभागका प्रहरी अधिकारीसामु शुक्रबार दिउँसो भेटिए ।
कारण चिरपरिचित थियो, काठमाडौं हुँदै दिल्ली, मुम्बइ ट्रान्जिट र त्यहाँबाट श्रीलंकाको कोलम्बो जाँदै गरेको अवस्था । विगतमा भारतका विभिन्न सहर, चीनको ग्वान्जाओदेखि बेइजिङसम्मको यात्रा र खाडीका साउदी अरेवियादेखि ओमान पुगिसकेका सबैजसो युवायुवतीले यो पटकको बयान एउटै बोले, श्रीलंकाको बाटो भएर हामी खाडी मुलुक जाने केटाकेटीबारे हामीलाई राम्ररी थाहा छ । हामी जाने भनेको श्रीलंकै हो, अरुतिर होइन।

श्रीलंकामा समेत कडिकडाउ रहेको क्यासिनो व्यवसाय र डान्स डिस्कोमा स्पष्ष्ट नखुलेको रोजगारीमा हिँडेका युवायुवतीको पासपोर्टमा काठमाडौं, दिल्ली, मुम्बइ, कोलम्बो र ढाकासम्मको अराइल वा डिपार्चर स्टाप देखिन्छ। हामी क्यासिनोमा जान लागेका थियौं नुवाकोटकी एक युवतीले भनिन, कोलम्बो अध्यागमनमा कागजात नपुगेको भनेर निहुँ खाजेर यतै फर्काए ।

उनका अनुसार कोलम्बोमा अध्यागनमका कर्मचारीलाई ५ सय  डलर टिप्स दिएको भए विमानस्थलबाट डिपोर्ट हुने अवस्था आउने थिएन । गतब्य मुलुक पुर्याउन दुई चार जना एस्कर्टिङमा समेत राख्न थालिएको छ ।(कान्तिपुर दैनिकबाट)