लैंगिकता विषयक दुई दिने तालिम सम्पन्न

फागुन २७, काठमाडौं– क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) र द म्याकेनल फाउन्डेसनको आयोजनामा लैंगिकतासम्बन्धि दुइ दिने तालिम सम्पन्न भयो ।
द एसिया फाउन्डेसनका आवासीय उपनिर्देशक नन्दिता बरुवाले लैंगिकतासम्बन्धि राष्टिय र अन्तराष्टियस्तरमा भएका अभ्यासलाई तालिममा प्रस्तुत गरिन् ।
महिला शक्ति विकास केन्द्र, सामुदायिक मेलमिलापकर्ता समाज, नेपाल र प्राकृतिक श्रोत, द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका सदस्यहरु सहभागी कार्यक्रममा सहभागीमध्येकी शोभा बस्नेतले तालिमले धेरै फाइदा भएको बताइन् ।
त्यसैगरी डब्लुडब्लुजेकी अध्यक्ष शुभेच्छा विन्दु तुलाधरले यस्ता तालिमले लैंगिक समवेदनशीलताको विषयमा स्पष्ट हुन मदत गर्छ । यो पत्रकारिता क्षेत्रमा अझै बढी महत्वपुर्ण हुने जसले गर्दा सकारात्मक समाजको गठनमा योगदान पु¥याउने उनले प्रतिक्रिया दिइन् ।