सरकार परिवर्तन गर्दैमा समस्या समाधान हुँदैनः कोषाध्यक्ष यादव

फागुन २७, काठमाडौं–नेपाली काग्रेसकी नवनिर्वाचित कोषाध्यक्ष सीतादेवी यादवले सरकार परिवर्तन गर्दैमा अहिलेको समस्या समधान नहुने बताएकी छिन ।

एक  साक्षात्कारमा उनले भनिन,‘ म सरकार परिवर्तनको खेल बुझ्दिन । सरकार फेरेर मात्रै समस्याको समाधान हुँदैन ।’ यद्यपि उनले सरकार परिवर्तनसहित मुलुकको समस्या समाधानको विषयमा आगामि केन्द्रीय कार्यसमितिको बैठकमा छलफल भएर उपयूक्त निर्णय लिने जानकारी दिईन ।
कोषाध्यक्ष यादवले आफूले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सभापति शेरबहादुर देउवालाई सहयोग गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताईन ।
मधेसको समस्या काग्रेस एक्लैले समाधान गर्न नसक्ने भएकोले सबै दलहरुलाई साथमा लिएर समस्या समाधान गर्नु पर्ने भन्दै मधेसको समस्या समाधान गरेर संविधान कार्यान्वयनमा आफूले भूमिका खेल्ने बताईन ।
उनले भनिन,‘ मधेसमा सीमांकनको समस्या छ । सुशीलदाले नहड्बडाउनुस समस्या समाधान हुन्छ । मधेस, पहाड र हिमाल मिलाएर समस्या समाधान गर्नु पर्छ भन्नु हुन्थ्यो । सबैसँग मिलेर सीमांकन मिलाउनु पर्छ ।’
कोषाध्यक्ष यादवले मधेस काग्रेसको मुटु भएकोले काग्रेस मधेसवीना बाच्न नसक्ने भएकोले मधेस समस्या समाधानकोलागि पहल हुने विश्वास ब्यक्त गर्दै आफ्नो तर्फबाट सक्दो प्रयास हुने प्रतिबद्धता ब्यक्त गरिन ।
उनले आफूले कोषाध्यक्षको रुपमा पार्टीको आर्थिक कारोवारलाई पारदर्शि बनाउने भन्दै आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने गरी आय ब्ययको लेखा राखिने बताईन ।